नियम २०
कार्यक्रमको प्रतिवेदन तथा प्रगति समीक्षा
(१) सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले सञ्चालित कार्यक्रमको प्रगति प्रतिवेदन जिल्ला समन्वय समितिको कार्यालयमा प्रत्येक चौमासिक अवधि समाप्त भएको मितिले सात दिनभित्र पठाउनु पर्नेछ।
(२) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित स्थानीय तहको नियमित समीक्षा बैठकमा उपनियम (१) बमोजिमको प्रगति प्रतिवेदन पेश गरी समीक्षा गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त भएको प्रतिवेदनको आधारमा जिल्ला समन्वय समितिले चौमासिक प्रतिवदेन तयार गरी मन्त्रालयमा पठाउनु पर्नेछ ।